बिरगंज,१५ भदौ । देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार नाकाबाट साउन महिनामा खाद्यान्न आयातमा कमी आएको छ ।
चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो महिना साउनमा खाद्यान्न आयात घटेको हो। वीरगञ्ज भन्सार कार्यालयले सार्बजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा बितेको आव ०८०/८१ को तुलनामा खाद्यान्नको आयातमा कमि आएको हो ।
यस महिनामा कुल एक अर्ब १६ करोड ९७ लाख ४८ हजार बराबरको खाद्यान्न आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार वितेको आवको यही महिनामा भने एक अर्ब ९६ करोड एक लाख ९१ हजार बराबरको खाद्यान्न आयात भएको थियो ।
यस आँकडा अनुसार ४१ प्रतिशतले खाद्यान्न आयात घटेको हो । चालु आवको साउन महिनामा मुख्य खाद्यान्न धान ७१ करोड ३६ लाख ९५ हजार बराबरको तथा २१ हजार दुई सय टन चामल आयात भएको हो ।
बितेको आव ०८०/८१ मा भने एक अर्ब ३१ करोड २१ लाख ३४ हजार बराबरको ४१ हजार ८०३ टन धान आयात भएको थियो ।यस आँकडा अनुसार धानको आयात ४९ प्रतिशतले चालु आवको साउन महिनामा कम भएको छ । यस्तै साउनमा मकै भने ३१ करोड ४७ लाख ९७ हजार बराबरको आठ हजार ५९४ टन आयात भएको छ ।
बितेको आवको यही महिनामा भने ४० करोड ९८ लाख ९१ हजार बराबरको एक हजार २७३ टन मकै आयात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकमा रहेको छ ।
मकैको आयात भने ३३ प्रतिशतले घटेको वीरगञ्ज भन्सारको तथ्यांकमा छ । चालु आवको साउनमा नौ करोड ६१ लाख ५४ हजार बराबरको आठ सय ५ टन चामल तथा कनिका आयात भएको छ ।
बितेको आवको यही महिनामा भने १७ करोड ८१ लाख २० हजार बराबरको एक हजार ८०५ टन चामल तथा कनिका आयात भएको हो । यस महिनामा बितको आव भन्दा चालु आवमा भने ५५ प्रतिशतले चामल तथा कनिकाको आयातमा कमि आएको तथ्याँकले देखाउँछ ।
साउन महिनामै फापर कोदो र अन्य खाद्यान्नहरु चार करोड ५० लाख ९२ हजार बराबरको नौ सय ५७ टन आयात भएको छ । जबकि बितेको आवमा यही महिनामा भने ६ करोड चार लाख ६ हजार बराबरको एक हजार ३७३ टन फापर कोदो र अन्य खाद्यान्नहरु वीरगञ्ज भन्सार नाका भएर नेपालमा आयात भएको छ
।
चालु आवमा गत आवको तुलनामा फापर कोदो र अन्य खाद्यान्नहरुको आयातमा ३० प्रतिशतले कमि आएको हो ।
प्रमुख आर्थिक नगरी वीरगञ्ज भन्सार नाकाबाट मुख्य रुपमा पेट्रोलियम पदार्थ,औधोगिक कच्चा पदार्थ,जिप कार भ्यान,मोटरसाईकल लगायतका वस्तुहरु बिदेशबाट आयात हुने गर्दछ ।
जुस जाम फलामे पाता पिना अन्य जमोठ कपडा,सेन्थेटिक यार्न लगायतका वस्तुहरु नेपालबाट बिदेशमा निर्यात हुने गरेको छ ।

