Sajhedari Daily
Latest News from Nepal

२५ लाखको लागतमा दलित धर्मशाला निर्माण हुदै

रञ्जन यादब /
बाराको जीतपुरमा करिब २५ लाखको लागतमा दलित धर्मशाला निर्माण हुने भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा उक्त धर्मशाला निर्माण हुने भएको हो । वडा स्तरीय बजेटबाट निर्माण हुने उक्त धर्मशालाको वडा नम्बर ७ का वडाअध्यक्ष रामबावु गुप्ताले सोमवार शिलान्यास गरेका छन ।

करिब ७ धुर क्षेत्रफलमा बन्न लागेको भवन निर्माणकालागि प्रभु साह तत्वाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । पहिलो चरणमा वडा स्तरीय बजेट १० लाखको लागतमा काम हुने र बाँकी अधुरा कामहरु अर्को आर्थिक बर्षमा पुरा हुने वडा अध्यक्ष गुप्ताले बताएका छन ।

धर्मसाला निर्माणपछि दलित समुदायका ब्यक्तिहरुलाई बिवाह तथा बिभिन्न किसिमको उत्सव तथा कार्यक्रम गर्न सहज हुने बिश्वास लिइएको छ ।

धर्मसालामा एउटा हल ३ वटा कोठा र एउटा महिला र एउटा पुरुषको लागि अलग अलग ट्वाईलेट बाथरुम निर्माण हुने वडा कार्यालयले जनाएको छ ।

Comments are closed.