ट्रक चालकहरू ट्रक चलाउन छाडेर सडक प्रर्दशनमा उत्रिए

रञ्जन यादव
317 पाठक संख्या

नेपाली ट्रक चालकहरू अहिले ट्रक चलाउन छाडेर सडकमा उत्रिएका छन ।

ट्रक चालकहरूको संस्था नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको आह्वानमा ट्रक चालकहरु आन्दोलन गर्न सडकमा नै उत्रिका हुन ।

सङ्गठनले मङ्गलबारदेखि मालवाहक सवारी साधन ठप्प पारी आन्दोलन सुरु गरेको हो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्रक चालक समिति आन्दोलनमा उत्रदा एक ठाउँको सामान अर्को ठाउँमा पु¥याउँन नपाएर ब्यपारी तथा उद्योगीहरु मर्कामा परेका छन् ।

सङ्गठनले सोमबार एक कार्यक्रमको आयोजना गरी राजमार्गमा भारतीय गाडी हाबी हुँदा नेपाली ट्रक मजदुर समस्यामा परेको भन्दै ५ गतेदेखि मालवाहक सवारी साधन नचलाउने निर्णय गरेका थिए ।

ट्राफिक प्रहरीले राजमार्गमा भारतीय गाडीलाई निर्बाध रूपमा गुड्न दिए पनि नेपाली मालवाहक गाडीहरूलाई ठाउँ ठाउँमा रोकेर अनावश्यक चेकजाँच गर्दै दुःख दिने गरेको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष नवराज कार्कीले आरोप लगाए ।

ट्रक यातायात मजदुरहरूले वीरगञ्ज महानगर, परवानीपुर गाउँपालिका, जीतपुरसिमरा उपमहानगर लगायतका स्थानीय तहले कवाडी करका नाममा अवैध ढङ्गले रकम उठाउँदा पनि स्थानीय प्रहरी प्रशासन मौन बसेको उनले बताए टिप्पणी गरे ।

मजदुर सङ्गठनले विरोधको कार्यक्रमबारे स्थानीय प्रशासनमा ज्ञापन पत्र बुझाए पनि ध्यानाकर्षण नभएको भन्दै माग सम्बोधन नभएसम्म आन्दोलनको कार्यक्रम फिर्ता नलिने जनाएको छ ।

मजदुरहरूले उपमहानगरले पार्किङको व्यवस्थापन गर्न नसक्दा राजमार्गमा पार्किङ गर्न आफूहरू बाध्य भएको गुनासो गरेका छन् ।

अनियमित कर,चालक कुटपिटको बिरोध गर्दै बाराको जीतपुरसिमरामा बिरोध जुलुश तथा सभा सम्पन्न गरेको समितिले पथलैया सिमरा,जितपुर हुदै पुनः पथलैयामा आएर सभा सम्पन्न गरेको हो ।

भारतीय गाडी बन्द गर, ट्राफिक ज्याजती बन्द गर,पार्किङ स्थल निर्माण गर जस्ता नारा उनीहरुले लगाएका थिए ।

जुलुश पछि पथलैयामा सम्पन्न सभामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय महासचिब केशब थापाले गृह मन्त्रालय लगायत सबैमा ज्ञापनपत्र दिएपनि सरकारले नसुनेका कारण आन्दोलनमा उत्रन बाध्य हुनु परेको बताएका छन ।

Leave a review

This will close in 0 seconds