अस्पतालको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको भन्दै पीडितद्वारा प्रदर्शन,अवस्था तनावग्रस्त

साझेदारी दैनिक
474 पाठक संख्या

रौतहट,२१ भदौ । ओम प्रकाश यादव/

रौतहटको गरुडा नगरपालिका-५ शिवनगर स्वास्थ्य चौकिको अवस्था अहिले तनावग्रस्त बनेको छ ।

एकजना सुत्केरी महिलाको मृत्यु भएको विषयलाई लिएर अहिले स्वास्थ्य चौकी शिवनगर अवस्था तनावग्रस्त बनेको हो ।

चौकिको लापरवाहिले सुत्केरी आमाको ज्यान गएको भन्दै पीडित परिवारले चौकी घेरेपछी ठूलो संख्यामा अहिले नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

शल्यक्रियाद्वारा सो स्वास्थ्य संस्थामा गएराती नाम ठेगाना खुल्न नसकेको एक सुत्केरी महिला बच्चा जन्माएकी थिइन तर बच्चा जनमाएको केही घन्टामै उक्त महिलाको मृत्यु भएको बताइएको छ ।

चिकित्सकले लापरबाही गरेर शल्यक्रिया गर्दा अत्याधिक रक्तस्राव भएर शिवनगरबाट बिरगंज लैजाने क्रममा उक्त महिलाको मृत्यु भएको भन्दै पीडित परिवार र उनका आफन्तहरुले स्वास्थ्य चौकी शिवनगर अगाडि शव राखेर दोशी चिकित्सकलाई कार्वाहीको माग गर्दै प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ ।

चिकित्सकको चरम लापरबाहीका कारण अत्याधिक रक्तस्राव भएर बिरगंज लैजाने क्रममा सुत्केरी आमाको मृत्यु भएको पीडित परिवारको आरोप छ ।

शल्यक्रिया गर्दा चिकित्सकले सावधानी नअपनाएर जथाभावी चिरेका कारण अत्याधिक मात्रामा शरीरबाट रगत बगेर रगतको अभावमा महिलाको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कार्यवाही तथा उचित क्षतिपुर्तिको माग गर्दै अस्पताल अगाडि आज बिहानै देखि प्रदर्शन गरिरहेका छन ।

घटनाको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक बिनोद श्रेष्ठले थप क्षती हुन नदिन बाक्लो मात्रामा अहिले अस्पताल अगाडि प्रहरी परिचालन गरिएको जानकारी दिएका छन ।

एक महिना अघि पनि उक्त स्वास्थ्य चौकीमा बच्चा जन्माएकी एक महिलाको अत्याधिक रक्तस्राव बगेकै कारण मृत्युु भएको पीडित परिवारले आरोप लगाएको थियो ।

Leave a review

This will close in 0 seconds