Sajhedari Daily
Latest News from Nepal

लकडाउनले साना किराना पसल मारमा

Top Aside Banner

पबन घिमिरे /
लकडाउनको कारण रौतहटका साना किराना पसल संचालन गरेर दैनिक कमाई गरि जिबिको पार्जन गर्ने परिवार मारमा परेको छ ।

कोरोना भाईरस न्युनिकरण गर्नको लागि सरकारले तय गरेको लकडाउन थपिदै जादा ठुला उधोग ब्यापारि संगसंगै रौतहटमा घुम्ती किराना पसल संचालन गरेर दैनिक कमाई गरि परिवार चलाउने साना किराना पसल व्यापारिहरु ठूलो मारमा परेका हो ।

साना किराना पसल गर्ने व्यापारिहरुको आय स्रोतमा ठूलो धक्का पुगेको चन्द्रनिगाहपुरका एक खुद्रा पसल सन्चालक ठाकुर बहादुर कार्कीले साझेदारीलाई बताउनुभयो ।

लकडाउन नहुदाको अवस्थामा दैनिक चार हजारको खुद्रा खाधान्न देखि अन्य घरायसी सामान बिक्री हुँदै आएकोमा अहिले लकडाउका कारण चार सय सम्म बिक्री हुन पनि मुस्किल भएको खुद्रा पसल सन्चालक कार्कीले साझेदारीलाई बताए । कार्कीले भने लकडाउनको कारण घरायसी खर्च टार्न समेत मुस्किल हुन थालेको बताए ।