बारा बस दुर्घटनाः मृत्यु हुनेको संख्या १६ पुग्यो

साझेदारी दैनिक
552 पाठक संख्या
बाराको जितपुर सिमरा वडा नम्बर २२ तीन नम्बर पुलनजिक आज विहान भएको यात्रुबाहक बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
दुर्घटनामा परि घाइते भएकाहरुलाई उपचारका लागि हेटौंडा ल्याइएकोमा १२ जनाको हेटौंडा अस्पतालमा , २ जनाको चुरेहिल अस्पताल र एकजनाको मकवानपुर सहकारी र एकजनाको थप उपचारका लागी चितवन लगिएकोमा भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जनकारी दिए । मृत्यु हुनेमा १० जना पुरुष र ६ जना महिला रहेका छन् । मृतकहरुको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परि घाइते भएका ३२ जना मध्ये ८ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकिलाई थप उपचारका लागी चितवन र बिरगंज पठाइएको इन्सपेक्टर श्रेष्ठले बताए ।
इन्सपेक्टर श्रेष्ठका अनुसार हेटौंडा हुँदै बिरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

Shyam forwarded an image

Leave a review