निजामती दिवसकै अवसरमा रक्तदान कार्यक्रम

संदिप प्रसाद यादव
414 पाठक संख्या

कलैया : २१ औँं निजामती सेवा दिवस निजामती दिवसकै अवसरमा जिल्ला प्रशासन कार्यालय बाराको परिसरमा शनिवार एक कार्यक्रम बीच रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्त सञ्चार केन्द्र बारा र नेपाल निजामती कर्मचारी युनियनको सहयोगमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

रक्तदान कार्यक्रममा ३१ जना निजामती कर्मचारीहरुले रक्तदान गरेका प्रादेशिक अस्पताल कलैया ब्लड कलैयाका इन्चार्ज राजाबाबु गुप्ताले जानकारी दिएका छन् ।

त्यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती बाराको सहयोगमा प्रादेशिक अस्पताल कलैयाका आकस्मिक,ओपिडी,जेनेरल वार्ड तथा विभिन्न वार्डका ५० जना बिरामीलाई फलफूल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

Leave a review

This will close in 0 seconds