संचालक समिति र कर्मचारीवीच मैत्रीपुर्ण फुटबल खेल,एकका विरुद्ध दुई गोलले संचालकलाई हराउदै कर्मचारी टिम विजयी

साझेदारी दैनिक
580 पाठक संख्या

कोल्हवी : बाराको कोल्हवीमा मुख्य कार्यालय रहेको तामागढी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७ औ स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै छ ।

संस्थाले स्थापना दिवसकै अवसरमा बुधबार दिउसो बाराको सपहीमा संचालक,उपसमिति र कर्मचारी टिमवीच मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।

स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ सपही माविको खेल मैदानमा भएको प्रतियोगितामा कर्मचारी टिमले संचालक टिमलाई एक का विरुद्ध दुई गोल गर्दै विजयी भएको छ ।

२५र२५गरी ५० मिनेटको खेलको पहिलो हाफमा दुवैतर्फबाट गोल हुन नसकेपछि बरावर रहितमा रहेको थियो । दोस्रो हाफको करिब १० मिनेट पछि कर्मचारीतर्फका खेलाडी प्रभात घोरसाईनेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यसस्तै संचालक टिमका राजकुमार चौधरीले दोस्रो हापको अन्त्यमा एक गोल गर्दै टिमलाई बराबरीमा ल्याउन सफल भए ।

निर्धारित समयमा दुवै टिमले एक एक गोल गरी बरावरी भएपछि पुन १५ मिनेटको समय थप गरिएको थियो । थप गरिएको समयलाई सदुपयोग गर्दैै कर्मचारी टिमका खेलाडी विजय चौधरीले अर्को एक गोल गर्दै टिमलाई २ –१ को अग्रता दिलाए । चौधरीको गोल नै कर्मचारी टिमलाई निणार्यक गोल भएपछि प्रतियोगितामा कर्मचारी टिम विजयी भएको थियो ।

प्रतियोगितामा संचालक समिति टिमका अर्जुन पौडेल खेलको म्याद अफ दि म्याच घोषित भए । विजेत तथा उपविजेता टिमलाई सहकारी संस्थाका उपाध्यक्ष पृथ्वीराज सिवाकोटीले शिल्ड तथा मेडल वितरण गर्नुभएको सहकारीका मुख्य प्रबन्धक बासुदेव रिमालले जानकारी दिनुभयो ।

यसैगरी तामागढी सहकारीले स्थापना दिवसको अवसरमा बिहीबार विहान संस्थाको मुख्य कार्यालयको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रमको पनि आयोजना गर्न लागेको मुख्य प्रबन्धक रिमालले बताएका छन ।

Leave a review