गाँजा सहित मठका पुजारी पक्राउ

साझेदारी दैनिक
221 पाठक संख्या

रौतहट : करण कुमार मिश्र रौतहटमा एक मठका पुजारी गाँजा बिक्री वितरण गर्ने क्रममा पक्राउ परेकाछन् ।

जिल्लाको देवाही गोनाही नगरपालिका–९ धरहरी स्थित राम जानकी मठमा बस्दै आएका साधु सिकेन्द्रराय यादव गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मन्दिरबाट गाँजा बेचबिखन गर्ने गरेको सूचना अनुसार इलाका प्रहरी कार्यालय गोनाहीबाट गएको टोलीले बुधबार राति जाँच गर्दा लुकाई राखेको अन्दाजी १ किलो ग्राम लागु औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

यादव हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेका छन्। निजमाथि लागु औषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

विगत २० वर्षदेखि सोही मठमा बस्दै आएको पुजारी (महन्त) सिकिन्द्र यादवले मठको कार्यभार सम्हालेर पछि गाजा बिक्री वितरण गरिरहेको रहस्य बाहिरिएको छ।

पुजारी यादवले तीन वटा बिहे गरेर मठमा पुजापाठ गर्दै आइरहेको एक स्थानीयले बताए। तीनवटै श्रीमतीले छोडपत्र गरेको व्यक्तिले धर्मको आडमा कुकर्म कार्यमा संलग्न रहेको पुजारी यादव गाजा वितरण गरि यहाँका युवाहरुलाई कुलतमा पारेको स्थानीयले बताए ।

Leave a review

This will close in 0 seconds