सिलाई कटाई सम्बन्धी पैतालीस दिने तालिम सम्पन्न

साझेदारी दैनिक
452 पाठक संख्या
oplus_2

बारा । देवताल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पिप्राढीगोठको सहयोगमा तथा गरिबी निवारण तथा सिप विकास केन्द्र कलैया बाराको आयोजनामा सञ्चालित तालिमको समापन भएको छ।

महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सञ्चालन भएको सिलाई कटाई ४५ दिने तालिम सोमबार सम्पन्न भएको हो।

सिप सिकाई केन्द्र पिप्राढी देवताल–४ अन्तर्गत सिलाई कटाई तालिम कार्यक्रम (प्रशिक्षकको पारिश्रमिक सहित) को कार्यक्रम समापन समारोहको प्रमुख अतिथि देवताल गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख ललन पटेल रहेका हुन्।

सामाजिक विकास शाखा प्रमुख पटेलले महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको जानकारी दिदै सिलाई कटाई तालिमले घरको चुलो चौकोमा सिमित रहेका महिलाहरुलाई सिप सिकाएको जनाए।

महिलाहरुले व्यवसाय नै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास गाउँपालिकाले लिएको उनले बताए। तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न उनले सुझाव दिए।

तालिम चैत्र १६ गते देखि २०८२ वैशाख २९ गते सम्म संचालन भएकोे हो। गरिबी निवारण तथा सिप विकास केन्द्र कलैया बाराका अध्यक्ष विजय कुमार साहका अनुसार उक्त तालिममा
२३ जना महिलाहरुको सहभागिता रहेको थियो।

गरिबी निवारण तथा सिप विकास केन्द्र कलैया बाराका अध्यक्ष साहको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भएको हो।

सो कार्यक्रममा समाजसेवी महेन्द्रराय यादव,पिताम्बर प्रसाद,गणपत कुमार महतो लगायतको विशेष उपस्थिति रहेको थियो।

Leave a review