खपरत्तता फन पार्कमा साढे दुई लाखभन्दा बढीको मरे माछा

संदिप प्रसाद यादव
896 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिकाको वडा नम्बर ८ मा रहेको खपरत्तता फन पार्क पोखरीमा रहेको माछा अचानक मर्न थालेको छ।

ल्गातार तीन पटक यसरी माछा मरेपछि साढे दुई लाख भन्दा बढीको क्षति भएको छ।

लगभग १ क्विन्टल करिब ३० हजार रुपैयाँ भन्दा बढीको माछा आइतबार मरेको छ ।

पोखरीमा राखिएको ग्रास,रोहु,बरारी र बिग्रेट जस्ता माछाहरू मरेको वार्ड अध्यक्ष रन्जित चौरसियाले जानकारी दिए ।

अचानक तीन पटक माछाहरू मरेपछि करिब साढे दुई लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।

उनले भने “प्राकृतिक वा वातवरणीय कारणले माछाहरू मरेको भए एकदिनमा १०/२० वटा मर्थे तर एकैदिन यति माछा बिना कुनै कारण मर्नु भन्ने कुरा शंकाको विषय हो ।

Leave a review

This will close in 0 seconds