किताब बेच्दै बाराको कलैया आईपुगे महाबिर पुन

संदिप प्रसाद यादव
331 पाठक संख्या

कलैया : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन किताब बच्दै बाराको कलैयामा आईतवार पुगेका छन । बारामा पहिलो दिन महाबिर पुनको ९४ थान मात्र किताब बिक्री भएको छ ।

बाराको सदरमुकाम कलैया स्थित भरत चौकमा २८ थान,कलैया उपमहानगरपालिकाको कार्यालयमा २६,सुवर्ण गाउँपालिकाको कार्यालयमा २३ र महागढीमाई नगरपालिकामा १७ गरि ९४ थान मात्र किताब बिक्री गरेका हुन् ।

वीरगन्जमा दुई दशकदेखि बन्द रहेको कृषि औजार कारखाना सञ्चालनका लागि आर्थिक सहयोग जुटाउनका लागि देश दौडाहामा निस्किएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनद्वारा लेखिएको आत्मकथा किताब बारामा एक दिनमा ९४ थान मात्र बिक्री भएको उनले बताए ।

यस्तै बाराका पालिकाहरुले खासै चासो नदेखाएको तथा कर्मचारीहरु बाहेक कसैले पनि किताब नकिनेको पुनले दुखसो पनि पोखेका छन् ।

साथै बारा र पर्सामा सबै भन्दा बढी किताब बिक्री हुने उनले विश्वास लिए पनि पूरा नभएको उनले बताए । यस्तै उक्त अभियानमा विद्यालयहरुले समेत सहयोग नगरेको उनले बताएका छन् ।

सोमबार सार्वजनिक बिदा रहेको ले अब किताब बिक्री गर्न सदरमुकाम कलैयाको भरत चौकमा जाने कार्यक्रम रहेको अध्यक्ष पुनले जानकारी गराएका छन् ।

Leave a review

This will close in 0 seconds