प्रदेश २ का सभामुख यादवले नै उल्घन गरे निषेधाज्ञा

साझेदारी दैनिक
साझेदारी दैनिक 689 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

युनिक यादव/

प्रदेश नम्बर दुईका सभामुख सरोज यादवले निषेधाज्ञाको उल्घन गरेका छन ।सभामुख यादवले शानिवार “जनता सँगको भेटघाट कार्यक्रम“ नै राखी गुनासो र पीड़ा बुझ्न आदर्श कोतवाल गाउपालिका मा पुगेका थिए । तर त्याहा पुगेका सभामुख यादव को कार्यक्रम स्थल बाट दृश्य हेर्दा निषेधाज्ञा को खिल्ली नै उडाएको देखिन्छ ।

नत त्याहा मास्क नै लगाएका छन् न त सामाजिक दुरि कै पाल्ना भएको थियो । पछिल्लो समय कोरोना भाइरसले गर्दा अहिले बारा,पर्सा,रौतहट सहितको जिल्ला कोरोना कहरको केन्द्र बिन्दु बनेको छ ।बारा मा अहिले निषेधाज्ञा खुकुलो भए पनि कोरोना को कहर बढेको छ । बारा मा निषेधाज्ञा उलंघन गर्नेहरु लाई जिल्ला प्रशासन कार्यालय बारा ले कार्वाही समेत गर्दै आएको छ । तर अहिले बारा मा उच्च स्तरका ब्यक्तिहरु ले नै निषेधाज्ञा को उलंघन गर्दै आएका छन् ।

बारामा सुरक्षा समितिको बैठकपछि प्रशासनले जारी गरेको सूचना अनुसार कुनैपनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्ने, मानिसहरु भेला जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गने वा बढी व्यक्तिलाई एक ठाउँमा जम्म हुनबाट बञ्चित लगाइएको भएता पनि प्रदेश २ कै सभामुख बाट यस्तो हुनु निकै नै गैरजिम्मेवार भएको नागरिक समाजका अगुवाहरु बताउछन ।

समाचार शेयर गर्नुहोस
Leave a review