सताईस जनाले गरे वीरगञ्जमा रक्तदान

राम मण्डल
374 पाठक संख्या

वीरगञ्ज : किरण आँखा अस्पताल वीरगञ्जमा आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन।

दुई जना महिलासहित २७ जनाले सोमबार रक्तदान गरेका हुन्। रक्तदान जीवनदान भन्ने मूल नाराका साथ रक्तदान गर्नेहरुमा कविता पोखरेल निरज गुप्ता,कमलेश कम्कर,कृष्ण दास, राजनसाह सोनार,सुमितकुमार साह,अर्जुन पटेल,गणेश अग्रवाल लगायत रहेका छन्।

तेरापंथ युवक परिषद वीरगन्जको ११ दिने वृहद् रक्तदान कार्यक्रम अन्र्तगत रक्तदान गरिएको हो। परिषदले गत भदौ २५ गते देखि असोज ४ गते सम्म लगातार ११ दिने बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने र सोबाट १५ सय भन्दा बढी पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेको छ।

सो अनुसार सोमबार सातौ दिन किरण आँखा अस्पतालमा रक्तदान सम्पन्न गरेको हो । कार्यक्रममा तेरापंथ युवक परिषद वीरगञ्जका उपाध्यक्ष पीयूष जम्मड कार्यक्रम सह संयोजक नरेश भंसाली,प्रदिप बैध,किरण आँखा अस्पतालका संचालक अमर क्याल लगायतको उपस्थिति थियो।

Leave a review

This will close in 0 seconds