वीरगन्जमा ‘पानी बचाउ अभियान’ चलाईदै

साझेदारी दैनिक
149 पाठक संख्या

वीरगन्ज : पर्साको वीरगन्जमा खानेपानीको संकट देखिएपछि अहिले पानीको दुरुपयोग रोक्न र जथाभावी पानीको बचत गर्ने सम्बन्धि जनचेतनामुलक गन्जमा ‘पानी बचाउ अभियान’ सुरु गरिएको छ ।

वीरगन्ज महानगरपालिका र युनिसेफ नेपालले संयुक्त रुपमा समुदायस्तरमा ‘पानी बचाउ अभियान’ सुरु गरिएको हो । उक्त अभियानमा नेपाल रेडक्रस सोसाइटी, नेपाल खानेपानी संस्थान, दिगो विकास स्रोत केन्द्र र तथा सामाजिक संस्था जिल्ला समन्वय समिति (एनजीओसीसी) कोपनि सहकार्य रहेको संचालन हुदै छ ।

सो अभियान अन्तरगत पहिलो चरणमा उपमहानगरपालिकाका सवैभन्दा बढीप्रभाववित खानेपानीको संकटले सबैभन्दा बढी प्रभावित वीरगन्जका वडामा रहेका विद्यालयहरुमा पुगेर विद्यार्थीहरुबीच जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ ।

सो अवसरमा घटाउने,वर्षाको पानी संकलन गर्ने, पानी चुहिने धाराको मर्मत,नहुदाँउदा र कपडा धुदाँ कम पानी प्रयोग गर्ने ,कपडा धोएको र नुहाएको पानी शौचालय र करेसाबारीमा प्रयोग गर्ने, शौचालयमा कम पानी प्रयोग गर्ने आदी सकिायत घरमा वा बाटोमा धारा खुल्ला देख्दा बन्द गर्ने लगायतका उपायहरू सिकाउने गरिएको टोलीमागरेको उनले बताए । सामुदायिक विद्यालयहरुमा यो अभियान एक सातासम्म सञ्चालन गरिने बताईएको छ ।

‘पानी बचाउ अभियान’ अन्तर्गत सोमबार वीरगन्जको नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय र अलपाइन माविमा विद्यार्थीहरूलाई दैनिक जीवनमा पानी कसरी बचत गर्ने भन्ने विषयमा व्यवहारिक जानकारी गराइएको थियोे ।

Leave a review

This will close in 0 seconds