रौतहट : ओम प्रकाश यादव/ पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज विहानैदेखी रौतहटमा कार्यकर्ता घेटघाट तथा विभिन्न कार्यक्रममा व्यस्त रहेका छन् ।
हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादी ः तराई मधेश जागरण अभियान’ अन्तर्गत हिजो साँझ रौतहट आइपुगेका माओवादी अध्यक्ष प्रचण्ड आज विहानैदेखी कार्यकर्ता भेटघाट तथा विभिन्न राजनीतीक कार्यक्रममा सरिक भइरहेका छन् ।
शुत्रवार राति रौतहट प्रवेश गरेलग्त्तै प्रचण्ड गढिमाई नगरपालिकाको मलाहीटोलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए । सो कार्यक्रममा उनले तिन सय भन्दा बढी व्यक्तिलाई पार्टीमा प्रवेश गराएका थिए ।
त्यसपछि शुक्रवार राति गरुडामा बास बसेका प्रचण्ड आज विहानै गरुडाका उद्योगी,व्यापारी,आम जनता एवं पार्टीका सयौं नेताहरुसंव मर्निङवाकमा सहभागी भएका थिए ।
त्यसपछि उनी विहानै देखी राजनीतीक भेटघाट सहित विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । प्रचण्ड विहान ८ बजेको समयमा गरुडा नगरपालिका–५ ठेठरहियामा आयोजित कार्यक्रमकाबीच सयौं परिवारलाई राइस कुकर वितरण गरेका थिए ।
त्यसपछि उनी माधवनारायण नगरपालिका–४ विशुनपूर्वा मानपुरका स्वर्गीय वडा अध्यक्ष रामदेनी मुखियालाई श्रद्धाञ्जली दिन पुगेका थिए । त्यस्तै माधोपुर बजारमा पार्टीका नेता कार्यकर्ताहरुसंग घेटघाट गरेका छन् ।
जिल्लाको विभिन्न ठाउँमा आयोजना गरिएको सभा र छलफल कार्यक्रममा सहभागी हुँदै प्रचण्ड दिउँसो २ बजे परोहा नगरपालिकाको लौकाहामा आयोजना हुने ठुलो आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

