नारायणी अस्पतालको मेसुमा चुमनलाल दास

राम मण्डल
490 पाठक संख्या

वीरगञ्ज : वीरगञ्जमा रहेको नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन गरिएको छ।

अस्पतालमा कार्यरत रहेका निम्ति मेसु डा.एनामुल हकको साटो अब अस्पतालमा नयाँ मेसु आउने भएका छन्।

अस्पतालको मेसुको जिम्मेवारी डा.चुमनलाल दासले पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालको नयाँ मेसुको जिम्मेवार डा.दासलाई दिएका छन्।

दास, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुख थिए। यसअघि गत जेठ १३ गते नारायणी अस्पतालको निमित्त मेसुको जिम्मेवारी डाक्टर एनामुल हकले पाएका थिए।

मेसुको जिम्मेवारी पाएका दास ११ औं तहका चिकित्सक हुन्। तर चार महिना नबित्दै अस्पतालको मेसु फेरिएका हुन्।नारायणी अस्पतालमा पछिल्लो समय राजनीतिको कारणले त्यहाँ भएका बिभिन्न वार्डहरुको सेवा प्रभावित हुदै आएको छ।

बिरामीहरुले डाक्टर र स्वास्थ्यकर्मीको कारणले उपचार पाउन बाट बञ्चित हुनु परेको गुनासो गर्दै आईरहेका थिए । अस्पतालको मेसुमा डा. दास आएपछि परिबर्तन हुने सम्भावनाको बिरामी र कुरुवाहरुले आशा गरेका छन्।

Leave a review