शान्ति सुरक्षा प्रभावकारी गर्न प्रहरी नायब महानिरीक्षक आचार्यको निर्देशन

संदिप प्रसाद यादव
381 पाठक संख्या

कलैया : मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणी आचार्यले शान्ति सुरक्षा प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

जिल्ला प्रहरी कार्यालय बारामा तथा मातहत समेतको इकाई प्रमूख सिनियर प्रहरी अधिकृत,जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार र प्रहरी जवानहरुलाई बुधबार निर्देशन दिदै शान्ति सुरक्षामा प्रभावकारी प्रहरी परिचालन गर्न भनेका हुन्।

उनले सीमा अपराध तथा अपराधिक गतिबिधि नियन्त्रण गर्नेकाममा अहोरात्र खटन निर्देशन दिएका हुन्।

उनले सीमा नाकाहरुबाट हुने अवैध भन्सार छलि चोरी निकासी पैठारी नियन्त्रण गर्न भनेका छन्। फरार अपराधी पक्राउ गर्न पनि उनले निर्देशन दिएका हुन्।

यस्तै प्रहरी आचरण तथा अभिलेख व्यवस्थापनमा ध्यान दिन उनले भनेका हुन्। उनले हिरासत कक्षको निरीक्षण गरेका छन्। शान्ति सुरक्षा कायम गर्न तथा जनतासंग घुलमिल गरेर काम गर्ने सम्बन्धी नीति निर्देशन उनले दिएका हुन्।

Leave a review