वीरगञ्ज : सशस्त्र प्रहरीले वीरगञ्जमा छापामारी गरेर भन्सार छली ल्याइएको २० लाखको कपडा बरामद गरेको छ।
सूचनाको आधारमा सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा नयाँबस्तीमा बिभिन्न घरहरुमा छापामारी गरेर सो कपडा बरामद गरेको हो।
सो क्रममा भारतबाट अबैध रुपमा तस्करी गरी ल्याएको सर्टिङ सुटिङ लगायतको बिभिन्न किसिमका कपडाहरु बरामद गरेको थियो।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले छापामारी गरेको हो। बरामद गरिएको कपडाहरुलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।


