पर्यटक प्रर्बद्धन गर्न अमलेखगञ्जमा होमस्टे संचालनको तयारी

रञ्जन यादव
196 पाठक संख्या

बाराको अम्लेखगञ्जमा होमस्टे संचालनको तयारीमा जीतपुरसिमरा उपमहानगरपालिका लागी परेको छ ।

उपामहानगरपालिकाको वडा नम्बर २१ र २२ नम्बर वडालाई समेटेर पर्यटकिय गन्तव्य बिकासका लागी पुर्वाधार तयार भईरहेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नम्बर २२ को चकरी गाउँलाई होमस्टे गाउँका रुपमा बिकास गर्न लागेको हो ।

चकरीका करिव दुई दर्जन स्थानीयलाई होमस्टे संचालन सम्वन्धी ५ दिने आधारभुत तालिम दिएको छ । २० जनालाई जनही १८ हजारका दरले उहाँहरुलाई बिभिन्न व्यवसायीक समाग्री समेत हस्तान्तरण गरिएको छ ।

उपमहानगर र नेपाल पर्यटन बोर्डको संयुक्त लगानीमा होमस्टे संगै हाइकिङ्ग ट्रृेल निर्माण कार्य समेत अघि बढेको छ । करिव तीन किलोमिटरको ट्रृेल निर्माण करिव ४१ लाखको लागतमा बन्न लागेको हो ।

उपमहानगरको २१ लाख र पर्यटन बोर्डको २० लाख गरी ४१ लाखको लागतमा ट्रेल बन्न लागेको उपमहानगरपालिकाले जनाएको छ ।

वडा नम्बर २२ र वडा नम्बर ६ को मुसहर बस्तीमा होमस्टे निर्माण कार्य समेत संगै गरिने उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख सुधन चौधरीले बताएका छन ।

जिल्ला धेरै यस्था स्थालहरु छन जो बाहिरी पर्यटकहरुलाई आकर्षक गर्न सकिने छ । पर्याप्त प्रचार प्रसार र ऐतिहासिक र धार्मिक स्थालहरुलाई व्यवस्थित गर्न नसक्दा पर्यटन प्रर्बद्धन हुन सकेको छैन ।

Leave a review