बारा प्रहरीले ३९ लाख १८ हजार तीन सय ९१ रुपैयाँ बराबरको अबैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला कार्यालय बाराका मातहत ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराबाट खटिएका प्रहरी टोलिले वीरगञ्जबाट चितवन तर्फ जादै गरेको बा २ ख ४१६६ नं.को डिब्बे ट्रकलाई जाँच गर्ने क्रममा उक्त सामान सहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
उक्त ट्रकमा भरपाई फरक रहेको र सामानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू. ३९ लाख १८ हजार ३ सय ९१ रूपैया बराबरको लोड रहेको कपडा,प्याज,फ्रिज,साईलक र अन्य सामानहरू प्रहरीले बरामद गरेको छ ।
सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।

