कलैया । बाराको कलैया उपमहानगरपालिकालाई पुर्ण खोप शुनिश्चितता पालिका घोषणा गरिएको छ ।
कलैया उपमहानगरपालिका खोप समन्वय समितिले सोमबार कलैया स्थित करणराज पार्टी प्यालेसमा आयोजना गरेको घोषणा कार्यक्रममा पुर्ण खोप शुनिश्चितता पालिका घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र कुमार साहले कलैया उपमहानगरपालिकालाई पुर्ण खोप पालिका घोषणा गरेका हुन।
उतm अवसरमा बोल्दै प्रमुख साहले खोपले बाल बालिकालाई बिभिन्न घातक रोग बाट जोगाउन सकिने बताए । उनले सबैको सहयोगले पालिका पुर्ण खोप पालिका घोषणा भएकोमा खुशी लागेको बताए ।
उनले बालबालिकाहरु कुलतमा फस्दै गएकोमा चिन्त प्रकट गरे । उनले कुलतमा फसेका बालबालिकालाई बचाउनका लागि सुधार केन्द्रको आवशयकता रहेको बताए। उनले ठुलो सुधार केन्द्र बनाउने आफुले सोच राखेको समेत बताए ।
उक्त कार्यक्रममा बोल्दै मधेश प्रदेश स्वास्थय निर्देशनालयका खोप फाट प्रमुख लक्ष्मेशवर झाले सरकारलाई एउटा बच्चामा खोप लगाउन रु तीस हजार रुपैया खर्च ब्योहोनु परेको बताए। उनले खोपले बालबालिकालाई १३ प्रकारको घातक रोग बाट जोगाउने समेत जानकारी दिए ।
यसैगरी कार्यक्रममा बोल्दै कलैया उपमहानगरपालिकाका स्वास्थय शाखा प्रमुख अजय जयसवालले एक बर्षमा पांच हजार बालबालिकालाई खोप लगाउनु परेको बताए।
उनले उपमहानगरपालिकामा चार वटा खोप केन्द्र मात्र रहेको बताए। उनले पालिकाको प्रत्येक वडामा खोप केन्द्र स्थापना गर्नका लागि जन प्रतिनिधी संग आग्रह गरे ।
कार्यक्रममा महिला अधिकारकर्मी बबिता जयसवाल,कलैया उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष महमद साबिर अंसारी,स्वास्थयकर्मी महमद सजाद अंसारी,रामएकबाल जयसवाल, स्वयमसेवक तुलसी आर्या,शान्ता देवी,सुश्रिका खतिवडा,पत्रकार साजिर मंंसुर,नरेश साह लगायतकाले मन्तब्य व्यक्त गरेका थिए।
नगरप्रमुख बिनोद साहको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा सञ्चालन मनोज यादव एवम् स्वागत प्रमुख प्रशासकिय अधिकृत नाथ साहको रहेको थियो ।

