पञ्चबर्षिय गढीमाई मेलामा सुरक्षा ब्यवस्थामा कुनै कमी हुदैन : मन्त्री लेखी

साझेदारी दैनिक
402 पाठक संख्या

कलैया : राजेश कुशवाहा / मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले विश्व प्रसिद्ध पञ्चबर्षिय गढीमाई मेलाको सुरक्षा ब्यवस्थामा कुनै कमी हुन नदिने बताएका छन ।

बाराको महागढीमाई नगरपालिका १ बरियारपुर स्थित गढीमाई मन्दिरमा जारी मेलाको शनिबार अवलोकन तथा निरिक्षण पश्चात आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री लेखीले यस्तो बताएका हुन ।

उनले मधेशमा एकै महिनामा दुई वटा ठूलो मेला लाग्ने भएकोले सुरक्षामा कुनै किसिमको चुक नहुने गरी मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।

उनले हरेक पाँच बर्षमा लाग्ने गढीमाई मेला र बिबाह पञ्चमीको अवसरमा धनुषाको जनकपुर धाम स्थित जानकी मन्दिरमा लाग्ने मेलामा दर्शनार्थीहरुको धेरै भिड हुने गरेको बताए । अहिले प्रदेश सरकारको ध्यान दुई वटै मेलाको शान्ति सुरक्षामा केन्द्रित रहेको उनले बताए ।

बैठकमा महागढीमाई नगरपालिकाका नगरप्रमुख एवम् गढीमाई पञ्चबर्षिय मेला संचालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादव,समितिका प्रमुख प्रवक्ता परमहंश यादव, महागढीमाई नगरपालिका ५ का वडाध्यक्ष तथा मनोरंजन समितिका संयोजक गजेन्द्र प्रसाद जयसवाल लगायतको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds