कलैयामा भुस्याहा कुकुरहरुको बन्ध्याकरण सुरु

राजेश कुशवाहा
275 पाठक संख्या

कलैया : बाराको कलैया उपमहानगरपालिकाले नगर क्षेत्र भित्र रहेका भुस्याहा कुकुरहरुको बन्ध्याकरण तथा खोप लगाउने अभियान सुरु गरेको छ।

एनिमल नेपाल धोबीघाट ललितपुरको प्राबिधिक सहयोगमा र कलैया उपमहानगरपालिकाको सहकार्यमा भुस्याहा कुकुरहरुको बन्ध्याकरण र खोप लगाउने अभियान सुर गरिएको कलैया उपमहानगरपालिका वातावरण तथा विपद व्यवस्थापन शाखाका प्रमुख भुलन साहले जानकारी दिएका छन ।

सोेमबार मात्र एक सय भन्दा बढी कुकुरहरुको बन्ध्याकरण तथा खोप लगाईएको उनले बताए । उक्त अभियान अन्र्तगत ६ सय भन्दा बढी कुकुरहरुको बन्ध्याकरण तथा खोप लगाउने लक्ष्य रहेको उनले बताए ।

कलैया उपमहानगरपालिकामा कुकुरको आंतक बढेपछि उपमहानगरले कुकुरहरूको बन्ध्याकरण तथा खोप लगाउने अभियान आरम्भ गरेको हो । यसले कुकुरको संख्यामा कमी हुने र उनीहरूको स्वास्थ्य राम्रो हुने अपेक्षा गरिएको उनले बताए ।

Leave a review