यादव हत्या प्रकरण : मुख्य अभियुक्त चौधरी पक्राउ

संदिप प्रसाद यादव
442 पाठक संख्या

कलैया । बारा प्रहरीको ठूलो सफलता यादव हत्याको मुख्य अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ का सोथाई चौधरी रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर–१ सेमरा तेगछीयामा नयका टोल बस्ने ५५ वर्षिय भुमि सुधार भन्ने श्री नारायण प्रसाद यादवको कार्तिक १० गते शनिबार विभत्स रुपमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराले यादव हत्याका मुख्य अभियुक्त सहित संलग्न रहेकोलाई आज २ बजे पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने भएको छ ।

Leave a review

This will close in 0 seconds