प्रधानमन्त्री कप छनोटको उपाधीमाथि पर्साको कव्जा

साझेदारी दैनिक
साझेदारी दैनिक 149 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

नवराज चौलागाईं/

मधेस प्रदेश स्तरीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधीमाथि पर्साले कव्जा गरेको छ ।

वीरगञ्जको नारायणी रंगशालामा बुधबार सम्पन्न फाइनलमा बारालाई १५ रनको अन्तरले पर्सालाई पराजित गरेको हो ।
खराब मौसमको कारण २३ ओभरमा छोट्याएर खेलिएको
खेलमा टस जितेर पहिले ब्याटिङ पर्साले रोजेको थियो ।

उसले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै एक सय ३२ रन बनाएकोथियो । पर्साको लागी हसिम अन्सारीले २६ बलमा २८ रन बनाए । बाराकालागी कप्तान अनिल साहले सर्वाधिक पाँच विकेट लिए ।

अनिलले १५ रन मात्र खर्चिएर ५ विकेट हात पारे । भुलवन सहनी र शंकर पौडेलले समान २÷२ विकेट लिए । १ सय ३३ रनको बिजयी लक्ष्य पछ्याएको बाराले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय १७ रन मात्र बनाउन सक्यो ।

बाराका लागी युवा ब्याटर निरज यादवले ५८ बलमा ४७ रन बनाए । पर्साका सोनु शर्माले २५ रन खर्चिएर तीन विकेट हात पारे ।
फाइनल खेलको प्लेयर अफ द म्याच पर्साका सोनु शर्मा भए । उपाधिसङ्गै पर्साले तीन लाख रुपैयाँ प्राप्त गरेकोछ ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकोलागी मधेस प्रदेशको टोलि छनोट हुने यस प्रतियोगितामा मधेसका ८ वटा जिल्लाले सहभागिता जनाएकाथिए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review