बाघको आक्रमणबाट चौधरीको मृत्यु

साझेदारी दैनिक
201 पाठक संख्या
सांकेतिक तस्वीर

बाघको आक्रमण बाट पर्सामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वडा नम्बर ५ सखवनिया बस्ने ५५ बर्षिय तुलसी राउत थारु रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ ।

उनको शव शनिबार बिहान सुगिभार नजिकै फेला परेको छ । मृतक चौधरीको शव दाहिने खुट्टा र बाँया हात बाघले खाएको अवस्थामा फेला परेको हो ।

उनी शुक्रबार अपरान्ह घर नजिकैको जंगलमा घांस काटन गएका थिए। सोही बेला बाघले आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

उनी शुक्रबार राति अबेर सम्म घर नफर्के पछि स्थानीयले बिहानै देखि जंगलमा खोज तलाश गर्न शुरु गरेका थिए ।चौधरीको शव फेला परेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शव परीक्षणका लागि नारायणी अस्पताल बीरगञ्जमा पठाईएको प्रहरीले जनाएको छ ।

Leave a review