रञ्जन यादब/
बारा स्थित जनकल्याण बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड जीतपुरले आफनो १५ औँ बार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । साधारण सभाको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष रामबाबु गुप्ताले पानसमा बत्ती बालि गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा बोल्नु हुँदै गुप्ताले सहकारीले सहकार्यताको माध्यमबाट समाजको उत्थानमा लाग्नुपर्नेमा जोड दिनुभयो । सहकारीले बचत गर्ने र ऋण प्रदान गर्ने क्रियाकलाबमा मात्र सिमित नभई समाज बिकासको रचनात्मक क्रियाकलाब सञ्चालन गर्नुपर्ने बताउँनुभयो ।
आर्थिक तथा समाजिक रुपले पछि परेका समुदायको प्रतिनिधित्व सहकारीले गर्नपर्ने बताउँनुभयो ।संस्थाको उपाध्यक्ष गणेशजि प्रसाद साहले सहकारीले साँत दिन आफना शेयर सदस्यहरुको गाउँघरमा गई बर्षभरि सञ्चालन भएको गतिबिधिको समिक्षा र अगामि रणनितिको बिषयमा छलफल गर्ने बताउँनुभयो । शेयर सदस्यहरु संस्थाको मालिक भएकाले संस्थाको बिकासमा चासो राख्नुपर्ने बताउँनुभयो ।
संस्थाका प्रबन्धक सन्तोष प्रसाद यादबले कार्यक्रममाा संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले संस्थाको बर्षभरि सञ्चालन भएको आर्थिक क्रियाकलाबको जानकारी र भाबि कार्य योजनाको बिषयमा बताउँनुभएको थियो ।
संहकारीले आर्थिक बर्ष २०७६।०७७ मा ४७ लाख ४१ ह्जार ८४ रुपैया नाफा कमाएको छ । यसपालि शेयर सदस्यहरुलाई १८ प्रतिशत लाभांस बितरण गर्न लागिएको संस्थाका कोषाध्यक्ष किरणराज गिरीले जानकारी दिनुभयो ।
त्यस्तै संस्थाले १ हजार १ सय ७६ शेयर सदस्यहरुबीच करिब १० करोड २२ लाखको कारोबार गरेको छ । हालको माहामारी कोभिड १९ को अवस्थामा सामुदायिक उत्तरदायित्व बहन गर्दै राहत बितरण गर्न वडा नं.७ को वडा कार्यालयलाई २५ हजार नगद चालु आर्थिक बर्षमा प्रदान गरेको छ । कर्जा लिने सदस्यहरुको हकमा ब्याज रकममा लाग्ने हर्जना ब्याजमा शत प्रतिशत छुट र तिर्नुपर्ने ब्याजको रकममा २ प्रतिशत छुट बितरण गरेको छ ।
जनकल्याण बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष गोपाल सिँह कडेँलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सह प्रबन्धक आत्माराम अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैँक सिमराका प्रमुख सुरेश लागे,महिला वडा सदस्य दुर्गा रिजाल,एक महिला समुह बाराका कोषाध्यक्ष मिरा पुरी,शिवदुर्गा मन्दिर पुजा समितीका अध्यक्ष मुनि पाठक,समाजसेवी कपिल देव प्रसाद यादब ,महिला नेतृ बिद्या महर्जन लगायतको सहभागिता रहेको थियो ।