एमबिबिएस कोटामा छात्रवृती प्राप्त गरेकी छात्रा वन्दना कुमारीलाई सम्मान

रञ्जन यादव
346 पाठक संख्या

बारा : एमबिबिएस कोटामा छात्रवृति प्राप्त गर्न सफल एक छात्रालाई बाराको फेटामा सम्मान गरिएको छ।

फेटा गाउँपालिका वडा नम्बर ३ मा आयोजित विशेष सम्मान कार्यक्रममा एमबिबिएस कोटामा छात्रवृत्ति प्राप्त गर्न सफल वडाकी छात्रालाई सम्मान गरिएको हो।

छात्रा बन्दनाकुमारी साहलाई सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि पूर्व मधेश प्रदेश मन्त्री जितेन्द्र सोनलको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा मदन साह र फेटा गापा ७ का वाडा अध्यक्ष पप्पु सिंहले साहलाई सम्मान गरिएको हो।

उनलाई २१ हजार नगद प्रदान गरिएको थियो। कार्यक्रममा फेटा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पप्पु सिंहले भविष्यमा पनि आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै साहलाई हौसला र शुभकामना दिएका थिए।

Leave a review

This will close in 0 seconds