कलैया । बाराको कलैया उपमहानगरपालिका–१७ ब्रम्हपुरीमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा एक महिलासहित २५ जनाले रक्तदान गरेका छन्।
उज्यालो युवा क्लबको आयोजनामा उक्त कार्यक्रम शनिबार “रक्तदान गरौं, गरौं जीवनदान” भन्ने नारासहित सम्पन्न भएको हो।
स्थानीय स्तरमा देखिएको रगत अभावको समस्या समाधान गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ।
सामाजिक उत्तरदायित्वलाई सुदृढ बनाउँदै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागी रक्तदाताहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।


