जितपुर सिमराका नेत्रहीनहरु क्रिकेट सिक्दै

साझेदारी दैनिक
439 पाठक संख्या

बाराकाे रजघट्टामा नगर स्तरीय ३ दिने दृष्टि बिहिन कृकेट प्रशिक्षण तालिम आजबाट सुरु भएकाे छ । जितपुर सिमरा उपमहानगरपालिकाकाे विशेष सहयाेग र मधेस प्रदेश नेत्रहीन क्रिकेट संघ तथा आईजकाे संयुक्त आयाेजनामा तालिम सुरु भएकाे हाे ।

स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ जितपुरसिमरा वडा नं १४ स्थित जनता माविकाे खेल मैदानमा प्रशिक्षण तालिम सुरु भएकाे हाे ।

नगर उप प्रमुख भाेला प्रसाद अधिकारीले कालाे चस्मा लगाएर ब्याटिङ तथा वडा वडा अध्यक्ष चयन गुरुङले बलिंग गरेर प्रशिक्षणकाे उद्घाटन गरेका हुन् । उद्घाटन पछि कार्यक्रमलाई सम्बाेधन गर्दै उप प्रमुख अधिकारीले तालिम प्रभावकारी बनाेस् भन्दै नगरकाे साथ सदैव रहने प्रतिवद्धता व्यक्त गरे ।

नगरका विभिन्न विद्यालयका दृष्टि बिहिनहरुले सहभागीता जनाउने ३ दिने कृकेट प्रशिक्षणमा तालिममा मन केसि र वासु मिश्रले प्रशिक्षण दिनेछन् ।

३० जना दृष्टि बिहिन छात्र छात्रा तालिममा सहभागी छन् ।

क्रिकेट संघ मधेश प्रदेशका सचिव राजिव कुमार साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा नं १४ का वडा अध्यक्ष चयन गुरुङ,अपांग महासंघ बाराका अध्यक्ष गंगा वाग्ले,जनता मावि रजघट्टाका प्रधानाध्यापक राजु अधिकारी,शिक्षाक अभय कुश्वाहा,आईज संस्थाका काेषाध्यक्ष रुपशिला जैसवाल,दृष्टि बिहिन स्राेत कक्षाका शिक्षक प्रिति साह,अपांग संघ बाराका पूर्व अध्यक्ष धन प्रसाद बजगाईं लगाएतकाे सहभागीता रहेकाे थियाे ।

मधेश प्रदेश नेत्रहीन क्रिकेट संघका महासचिव राजिव न्याैपानेले स्वागत गरेकाे कार्यक्रमकाे संचालन अध्यक्ष महेश साहले गरेका थिए ।

Leave a review