शिक्षा,स्वास्थ्य,कृषि र पूर्वाधारलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको छु : नगर प्रमुख बैजनाथ यादव

साझेदारी दैनिक
163 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव/ माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले जनतालाई प्रत्यक्ष फाइदा हुने विकास निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाइरहेका छन्।

रौतहटको अन्य जनप्रतिनिधिको तुलनामा विकासलाई प्राथमिकतामा राखि यादवले विकास निर्माणको काम गरिरहेका हुन्। शिक्षा,स्वास्थ्य,कृषि र भौतिक पूर्वाधार निर्माण कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम तीव्र गतिमा यादवले अगाडी बढाएका हुन्।

माधवनारायण नगरपालिका–६ माधोपुरमा रहेको माध्यमिक विद्यालयमा मेयर यादवले दुई तल्लाको आठ कोठे नयाँ भवन निर्माण गराएका छन्।

माध्यमिक विद्यालय माधोपुरमा भवन अभावका कारण विद्यार्थीहरुलाई पठन पाठनमा समस्या हुँदै आएको थियो वर्षाै देखि रहेको यो समस्यालाई दृष्टिगत गरी मेयर यादवले नगरपालिकाको ७२ लाखको लागतमा अत्याधुनिक डिजाइनको शौचालय सहितको दुई तल्ले आठ कोठे भवन निर्माण गराएका हुन् ।

नगरपालिकाकै लागतमा यस अघि पर्याप्त कोठा भएको दुई तल्ले दुईवटा नयाँ भवन निर्माण गरिसकेको उनले साझेदारी दैनिकलाई बताए।

नयाँ भवन निर्माण भएपछि विद्यार्थीहरुलाई पठन पाठन गर्न सहज भएको छ। माधोपुरमै माधव नारायण नगरपालिका कार्यालयको प्रशासकीय भवनको समेत निर्माण कार्य तीब्र गतिमा मेयर यादवले अगाडी बढाएका छन्।

प्रशासकीय भवन नहुँदा भाडाको घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालनमा रहेको छ। करोडौंको लागतमा पालिकाको प्रशासनिक भवनको निर्माण मेयर यादवले गराइरहेका छन्।

तीन तल्ले निर्माण भइरहेको भवनको दुई तल्लाको छत ढलान कार्य सम्पन्न भैसकेको छ। माथिल्लो तल्लाको छत ढलान हुन् बाँकी रहेको छ।

वैशाखमा पालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने र वैशाख देखि आफ्नै भवनबाट सेवा प्रदान गर्ने कार्यक्रम रहेको मेयर यादवले जानकारी दिएका छन्।

माधोपुरको जीर्ण अवस्थामा रहेको स्वास्थ्य चौकी भवनलाई भत्काएर सुविधा सम्पन्न नयाँ दुई तल्ले भवन मेयर यादवले निर्माण गराइसकेका छन्।

अबको केही दिनमा सो स्वास्थ्य चौकी भवनबाट प्रसूति गृहको सेवा उपलब्ध गराइने छ। सो प्रसूति गृहको लागि आवश्यक सामग्री खरिद गरिसकिएको उनले जानकारी दिए। गरिव परिवारका छोराछोरीलाई विवाह गर्दा सहज र सहयोग पुग्ने उद्देश्यले माधोपुरमा करोडौंको लागतमा विवाह मण्डप भवन निर्माण गराइरहेको उनले जानकारी दिए।

कृषकहरुलाई खेतिबारी गर्न सहज होस भन्ने उद्देश्यले खेत खेतमा बिजुली बत्ती र सिँचाइको सुविधा उपलब्ध गराउन मेयर यादव प्रयासरत रहेका छन्। पालिकाको हरेक वडामा यसरी विद्यालय,स्वास्थ्य चौकी,मठ,मन्दिर,बाटो,नाला,सामुदायिक भवन,बर्थिङ सेन्टर,विवाह मण्डप भवन लगाएत भौतिक पूर्वाधार विकास निर्माणका कार्य तीब्रताका साथ अगाडी बढाइएको छ।

मेयरमा यादव निर्वाचित भएको छोटो समयमै आफ्ना चुनावी प्रतिवद्धता अनुसार नगरमा एकपछि अर्को जनमुखी कामहरू अगाडि बढाएपछि नगरवासी निकै मेयरसंग हर्षित भएका छन्।

जनताको इच्छा,आकांक्षा र चाहना अनुसारको विकासको कामहरू अगाडि बढाएका मेयर यादवले आम जनताको मन जित्न सफल भएका हुन्। विगतका जनप्रतिनिधिले पाँच वर्षको कार्यकालमा गर्न नसकेको काम मेयर यादवले चुनाव जितेको साढे दुई वर्षमा गर्न सफल भएका हुन्।

आफूलाई विश्वास गरी जनताले दिएको अमूल्य मतको एक एक मूल्य चुकाउन आफू तयार रहेको उनले जनाएका हुन्। जनताले आफू प्रति गरेको विश्वासमा आघात पुग्न नदिने गरी आफू काम गरिरहेको उनले सुनाए।

आफूले पाँच वर्षमा गर्ने कामको २०८४ मा हुने निर्वाचनमा जनताले आफैं विचार गर्ने उनले धारणा राखे। कम् बोल्ने र बढी काममा ध्यान दिने गरेको बताउँदै मेयर यादवले आफूले गर्ने हरेक काममा सबैलाई साथ दिन आग्रह गरे।

सबै दलका नेताले साथ दिए आउँदो २०८४ सम्म माधव नारायण नगरपालिकालाई समृद्ध र विकसित एवं एक नमुना नगरपालिका बनाएर छाड्ने उनले प्रतिबद्धता व्यक्त गरे।

Leave a review