सशस्त्र प्रहरी बेस क्याम्प जीतपुरमा गोल घर र महिला आवास गृहको भयो निर्माण

साझेदारी दैनिक
278 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ बकुलियामा रहेको सशस्त्र प्रहरी नेपाल बल सुरक्षा बेस क्याम्प जीतपुरमा नवनिर्मित गोल घर र महिला आवास गृहको निर्माण गरिएको छ ।

एक कार्यक्रमको बिच सशस्त्र प्रहरी बल हे.क.वा. १२ न गण उत्तर झिटकैया बाराको गणपति प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंह र जीतपुरसिमरा उपमहानगरपालिका–५ का वडाध्यक्ष दिपेन्द्र चौधरीले सयुक्त रुपमा सो गोल घर र महिला आवास गृहको उद्घाटन गरेका हुन्।

जीतपुरसिमरा उपमहानगरपालिकाको पाँच लाख ६० हजारको आर्थिक सहयोगमा महिला प्रहरी आवास गृह र गोलघरको निर्माण गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जीतपुर,बकुलियामा चार जना महिला प्रहरी रहेको र उनीहरुलाई बस्नको लागि गाह्रो भईरहेकोले उपमहानगरको सहयोगमा महिला आवास गृह र गोलघर निर्माण गरिएको सुरक्षा बेस जीतपुर,बकुलियाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक कुमार बरालले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जीतपुर,बकुलियामा महिला सशस्त्र प्रहरीहरुलाई बस्नमा गाह्रो भईरहेको कुरा उपमहानगरमा राख्ने बितिकै नगरप्रमुख राजन पौडेलले केही बजेट बिनियोजन गर्दिनु भयो ।

जसले गर्दा यस सुरक्षा बेसमा महिला प्रहरी आवास समेत निर्माण भएको सशस्त्र प्रहरी नायब उपरीक्षक बरालले भने । १२ न गणका गणपति सन्तोष बहादुर सिंहले जीतपुरसिमरा उपमहानगरपालिकाले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जीतपुर,बकुकियामा गरेको सहयोग सराहनीय रहेको बताए ।

उपमहानगरले गरेको सहयोगको कारणनै यस सुरक्षा बेसमा कार्यरत महिला सशस्त्र प्रहरिलाई बासोबास गर्न सजिलो भएको उनले बताए । जीतपुरसिमरा उपमहानगरले गरेको सहयोगलाई हामीले कहिले पनि बिर्सिने छैनौं,उनले भने ।

आउदो दिनमा उपमहानगरको कार्यालयले जीतपुर सुरक्षा बेसलाई थप सहयोग गर्ने आश राखेको प्रहरी उपरीक्षक सिंहले बताए ।

जीतपुरसिमरा उपमहानगरपालिका–५ का वडाध्यक्ष दिपेन्द्र चौधरीले आफू वडाध्यक्षमा निर्वाचित नभएको बेला देखि नै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जीतपुर,बकुकियालाई सहयोग गर्दै आईरहेको बताए ।

चालू आर्थिक वर्षमा वडाको तर्फ बाट १ थान फ्रीज,१ थान वाशिङ मेसिन,१ थान एलईडी मनिटर,१ थान इन्भटर ब्याट्री,प्लास्टिकको कुर्सी १० थान गरेर २ लाखको सामान सहयोग गरेको बताए।उक्त नवनिर्मित गोल घर तथा महिला आवास गृहको उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा न १२ का वडाध्यक्ष श्याम चौधरी,वडा न १३ का वडाध्यक्ष हेमनारायण चौधरी,वडा न ५ का वडा सदस्य इन्दल पासवान,इश्वर चौधरी,ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख चिरञ्जीवी दाहाल,ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रकाश खडका लगायत सशस्त्र प्रहरीहरुको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds