वीरगञ्ज : औषधि लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघर चोकमा ना.४ ख २१६० नम्बरको मालबाहक ट्रकलाई पर्सा प्रहरीले जाँच गरेको थियो।
वीरगञ्जबाट चितवनतर्फ लैजाँदै गरेको उक्त ट्रकमा मा विल विजक भन्दा बढिका सामान रहेका आशँकामा प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको हो।
उक्त ट्रकमा लोड रहेको ६८ लाख ९१ हजार चार सय ४९ बराबरको औषधी तथा खुद्रा सामानहरुसहित ट्रकलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।


