कलैया
पुर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा चुनाव गराउन नौटंकी मात्र गरिरहेको बताएका छन ।
बाराको कलैयामा सोमवार नेपाली काँग्रेस बाराले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै मन्सुरले यस्तो वताएका हुन । उनले नेकपाको दुबै पक्षसँग चुुनाव जित्ने कुनै आधार नै नभएको बताए । प्रधानमन्त्री ओलीले सत्ता लिप्त रही रहने बानीले कुर्सी बचाउनको लागि संसद विघटनको अस्त्र प्रयोग गरेको नेता मन्सुरले बताए ।
सर्वोच्च अदालतले संसद पुनःस्थापना वा निर्वाचनको पक्षमा फैसला गर्छ, त्यो कांग्रेसलाई स्विकार्य हुने बताउंदै संविधानको रक्षा गर्नु काँग्रेसका धर्म रहेको जिकिर गरे ।
कार्यक्रममा पुर्व सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राधेचन्द्र यादवले ओलीले संसद विघटन गरेर जनताको जनमतलाई कुठाराघात गरेको आरोप लगाए । उनले भ्रष्टचारको चंगुलमा फसेको नेकपाको सरकार ओलीपक्ष र सडकमा नाटक मंचन गरिरहेका प्रचण्ड माधव समूहलाई अर्को चुनावमा जनताले तह लगाउने बताए ।
नेपाली कांग्रेसका बाराका सभापति जयचन्द्र चौरसियाको अध्यक्षतामा सम्पन्न उक्त विरोध सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय बृजलाल यादव, पूर्व सहायकमन्त्री कलावती पासवान, पुर्व सांसद लालवावु सिंह, पूर्वसभासद डा.शोभाकर पराजुली, मधु शाही ठकुरी, क्षेत्रिया सभापतिहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रमको संचालन जिल्ला समितिका कोषाध्यक्ष चन्द्रशेखर यादवले गरेका थिए ।
ओलीले बैशाखमा चुनाव गराउन नौटंकी मात्र गरिरहेकोः मन्सुर
Leave a review
Leave a review

