Sajhedari Daily
Latest News from Nepal

ट्राफिक प्रहरीको चालकसँग एक मिनेट कार्यक्रम सुरु

रञ्जन यादब/
सवारी दुर्घटना न्युनिकरणका लागि प्रदेश नं. २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले चालकसँग एक मिनेट कार्यक्रम बुधवार देखी सुरु गरेको छ ।

दुर्घटना न्युनिकरण र ट्राफिक नियमको पालना प्रति सचेत गराउन चालकसँग एक मिनेट कार्यक्रम सुरु गरिएको प्रदेश ट्राफिक प्रमुख ट्राफिक प्रहरी उपरिक्षक श्याम कुमार महत्तोले साझेदारीलाई जानकारी दिनुभयो ।

ट्राफिकले बिशेष गरी टिपर, ट्रक, मोटरसाईकल,बस तथा माईक्रोबसका चालकहरुलाई लक्षित गरी यो कार्यक्रम सुरु गरिएको प्रहरी उपरिक्षक महत्तोले बताउँनुभयो ।

चालकको अवस्था ,तीब्र गति,मापसे तथा लागुऔषध सेवन ,जथाभाबी ओभर टेक ,बत्ती संकेत,यात्रुको सङख्या,ओभरलोड लगायतको बिषयको निरिक्षण गरी चालकलाई ट्राफिक नियमको पालना गराई जिम्मेवारीपनको बोध गराउने काम भईरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

असल र जिम्मेवार ट्राफिकको भुमिका निर्वाह गर्न चालकलाई अनुरोध गर्दै कोरोना भाईरसबाट बच्न अपनाउँनुपर्ने सावधानीको बिषयमा जानकारी गराउँने काम भईरहेको प्रदेश ट्राफिक प्रमुख महत्तोले जानकारी दिनुभयो ।

 

Comments are closed.

error: Content is protected !!