वीरगञ्ज : औषधी तथा खुद्रा सामान लोड रहेको एउटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
वीरगञ्ज महानगरपालिका–८ घण्टाघरमा लु २ ख ५४६० नम्बरको मालबाहक ट्रकलाई प्रहरीले जाँच गरेको थियो ।
जाँचको क्रममा उक्त ट्रकमा लोड रहेको औषधी तथा खुद्रा सामानहरु बिल बिजक भन्दा बढी रहेको आंशकामा प्रहरीले नियन्त्रणमा लिएको थियो।
ट्रकमा लोड रहेको ५७ लाख ७७ हजार ८०३ बराबरको औषधि तथा खुद्रा सामानसहित ट्रकलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।


