वन जंगल जोगाउन मुख्यमन्त्रीलाई हलखोरियाको ज्ञापन

संदिप प्रसाद यादव
526 पाठक संख्या

कलैया : वन जंगल जोगाउन माग गर्दै हलखोरिया साझेदारी वन उपभोक्ता समूहले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र दिएको छ।

बाराको जीतपुरसिमरा–१६ टाँगियाबस्तीवासीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चापछि हलखोरिया साझेदारी बन समूहका अध्यक्ष बिकल्प भट्टराईको नेतृत्वमा ज्ञापनपत्र दिएका हुन्।

भट्टराई नेतृत्वको टोलीले मधेश प्रदेसका मुख्यमन्त्री सतिश कुमार सिंह,बन मन्त्री र पर्यटन मत्रीलाई बनमा क्षति नहुने गरी र टाङ्गियाबस्तिको जनतासंग सहकार्य गर्दै निजगढ बिमानस्थल निर्माण गर्न अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको छ ।

उक्त कार्यक्रम टोलीमा सहजनाथ साझेदारी वन उपभोक्ता समूहका सदस्य मुस्ताक अन्सारी,नाफान सदस्य संजिता कुमारी,कायापलटका कोषाध्यक्ष वलरामकुमार साह,वातावरण अभियानी प्रत्युषकुमार ठाकुर,टाँगीयाबस्तिका स्थानीय कुमारी योन्जन लामा,मिना कुमारी मोक्तान लगायत सहभागि थिए ।

बिमानस्थल निर्माण गर्दा धेरै रुख काटेमा सहजनाथ साझेदारीको अस्तित्व समेत सखाप हुने छ। जस्ले गर्दा लाखौ उपभोक्ता बन्जित हुनेछन साथै बाताबारण मा समेत असर पर्ने छ।त्यसैले बनको क्षति नहुने गरि बिमानस्थल निर्माण गर्न अनुरोध गरेको भट्टराईले साझेदारी दैनिकलाई बताए।

Leave a review

This will close in 0 seconds