पहिलेको निर्णय फेरियो : कलैयामा अब वैशाख १६ देखि कक्षा सुरु हुने

साझेदारी डेलि
368 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभियान तथा विद्यालय सञ्चालन सम्बन्धी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।

नगर प्रमुखको आदेशानुसार नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आज एक सूचना जारी गर्दै नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई नयाँ सत्रको तयारीका लागि निर्देशन दिएको हो।

शैक्षिक सत्र २०८३ का लागि वैशाख १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिसक्नुपर्ने सुचनामा उल्लेख छ। सोही अवधिभित्र विद्यालयहरूले विद्यार्थी अभिलेखीकरण, वार्षिक कार्यतालिका निर्माण, वार्षिक कार्ययोजना तर्जुमा, शिक्षक क्षमता विकास कार्यक्रम र विद्यालय सुधार योजना निर्माण जस्ता प्राविधिक तथा प्रशासनिक कार्यहरू अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ।

वैशाख १६ गतेदेखि नगरका सबै विद्यालयहरूमा नियमित रूपमा पठनपाठन सञ्चालन गर्नुपर्ने शिक्षा शाखा प्रमुख राजीव कुमार यादवद्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ।

यसअघि वैशाख ४ गते शुक्रबार जारी गरिएको सूचनामा भने वैशाख १५ गतेदेखि भर्ना अभियान र वैशाख २१ गतेदेखि कक्षा सञ्चालन हुने उल्लेख गरिएको थियो। नयाँ सूचनासँगै पठनपाठन सुरु हुने मिति परिवर्तन भएको छ।

Leave a review

This will close in 0 seconds