चेक अनादर मुद्दाका तीन जना फरार प्रतिवादी पक्राउ

संदिप प्रसाद यादव
307 पाठक संख्या

कलैया : बारा प्रहरीले चेक अनादर मुद्दाका तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बारा मातहत तथा प्रहरी ईकाइहरूबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरु उपर बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएको हो। चेक अनादर मुद्दामा वारदात पश्चात फरार रहेका उनिहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरी टोलिले चेक अनादर मुद्दामा अदालतबाट एक÷एक हजार रुपैयाँ जरिवाना पाएका विश्रामपुर गाउँपालिका वडा नम्बर १ मा बस्ने बिनय कुमार पटेल र फेटा गाउँपालिका वडा नम्बर –३ मा बस्ने रामनरेश बैठा धोवीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी गंजभावनीपुरबाट खटिएको प्रहरी टोलिले चेक अनादर मुद्दामा अदालतबाट पाँच सय रुपैयाँ जरिवाना पाएका करैयामाई गाउँपालिका वडा नम्बर ४ मा बस्ने पंचन कुमार महतोलाई पक्राउ गरि आवश्यक कारवाहीको लागी बारा जिल्ला अदालत कलैयामा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन्।

Leave a review