विद्यालय स्तरीय तेश्रो अल्फोन्सीयन कप शुरु

साझेदारी दैनिक
218 पाठक संख्या

सिमरा : सेण्ट अल्फोन्सास स्कुलमा तेश्रो अल्फोन्सीयन कप फुटबल शुरु भएको छ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहामा सो विद्यालय रहेको छ। चितवन,वीरगञ्ज र जीतपुर सिमराका १२ विद्यालय सो प्रतियोगितामा सहभागि छन्। प्रतियोगिताको उद्घाटन शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमकाविच मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले गरेका हुन्।

उनले विद्यालयले आयोजना गरेको प्रतियोगितामा विभिन्न जिल्लाका विद्यालय समेतको सहभागिताले यहाँका विद्यार्थीको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। प्रतियोगिताको आयोजना गरेको भन्दै प्रमुख अतिथी चौधरीले विद्यालयको प्रशंसा गरे।

अतिरिक्त कृयाकलापमा आफूलाई यस क्षेत्रकै अब्बल विद्यालयका रुपमा स्थापित गर्न सफल रहेको उनले जनाए। सेण्ट अल्फोन्सास स्कुललाई आवश्यक सहयोग गर्न आफू सँधै तयार रहने उनले प्रतिवद्धता व्यक्त गरे।

सेण्ट अल्फोन्सास स्कुलकी प्रिन्सिपल सिस्टर टेसाको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रममा लोटस एकेडमीका संस्थापक रामप्रसाद अधिकारी,अल्पाईन अस्पताल सिमराका संस्थापक शिवकुमार शर्मा,समाजसेवी रविन्द्र खकुरेल,त्रिलोक विक्रमशाह,नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनीलगाउँले लगायत विभिन्न विद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक श्यामदुत राजले गरे। प्रतियोगितामा चितवन खैरहनीमा रहेको नवोदय स्कुल, वीरगञ्ज परवानीपुरमा रहेको लिटिल फ्लावर स्कुल सहभागि छन्।

आयोजक सेण्ट अल्फोन्सास स्कुल,पाथीभरा इंगलीस स्कुलसिमरा,अक्षरा पाठशाला सिमरा,राष्ट्रिय विभूति सामुदायिकशिक्षा सदन डुमरवाना,व्राईटर एकेडेमी सिमरा,सेण्ट जोन्स स्कुलसिमरा, लोटस एकेडेमी सिमरा,एकता स्कुलसिमरा,एक्स सर्भिसमेन चिल्ड्रेन एकेडेमी डुमरवाना र सिमरा पव्लिक इंगलिस स्कुल सिमरा गरी १२ विद्यालयको प्रतियोगितामा सहभागिता रहेको छ।

उद्घाटन खेलमा आयोजक सेण्ट अल्फोन्सास स्कुललाई चितवनको नवोदय स्कुलले ३–१ गेलअन्तरले पराजित गरेको छ । शनिवार प्रतियोगितामा तीनवटा खेलहरु हुनेछन् ।

पहिलो खेल विहान ११ बजे लोटस एकेडेमी र एकता स्कुलको विचमा हुनेछ। दोश्रो खेल सिमरा पव्लिक र पाथीभरा इंगलिस स्कुलको विचमा दिउसो १ बजे हुनेछ ।

यसैगरी तेश्रो खेल सेण्ट जोन्स एकेडेमी सिमरा र एक्स सर्भिसमेन चिल्ड्रन एकेडेमीको विचमा दिउसो ३ बजे शुरु हुने सेण्ट अल्फोन्सास स्कुलका शिक्षक अभिषेक कर्णले जानकारी दिए।

Leave a review

This will close in 0 seconds