कलैया : प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा आईतबार एक माल बाहक ट्रक बाट लाखौको अबैध माल समान बरामद गरेको छ।
प्रहरी चौकी पथलैया बाट खटिृएको प्रहरी टोलीले बिराटनगरबाट रूपन्देही तर्फ जादै गरेको प्र.०१–०४–००१ ख ००६८ नम्बरको माल बाहक ट्रक बाट मुल्य रू. ६५ लाख ६० हजार २ सय ९० रूपैया बराबरको माल समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन ।
उक्त माल बाहक ट्रक बाटे मोटरपार्ट,कपडा,मोबिलर पेपर रोल लगायत अन्य खुद्रा समानहरू बरामद गरिएको हो ।
सो ट्रकलाई रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा बढी,समानको स्रोत खुलाउन नसकेको र आवश्यक कागज पत्र समेत नभएको प्रहरीले जनाएको छ ।
बरामद भएको माल समान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरीले जनाएको छ ।


