ब्रह्माकुमारीद्वारा विश्वव्यापी रक्तदान अभियान सञ्चालन गरिने

साझेदारी दैनिक
226 पाठक संख्या

सिमरा । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विश्व बंधुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणि को १८ औं पुण्य तिथि अवसरमा नेपाल, भारतसहित विश्वभर एकैसाथ विशाल रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ ।

बाराको सिमरा स्थित ओम् शान्ति भवनमा आयोजित पत्रकार सम्मेलन मार्फत सेवा केन्द्रले आगामी भदौ ६ देखि ९ गतेसम्म निरन्तर चार दिन चल्ने रक्तदान अभियानबारे जानकारी दिएको हो ।

कार्यक्रमको जानकारी दिँदै सेवा केन्द्रकी प्रमुख सञ्चालिका मधु दिदीले सिमरा, कलैया, कोल्हवी, पिलुवा, निजगढ लगायत नेपालभरका शाखा केन्द्रहरूमा रक्तदान गरिने उल्लेख गर्नुभयो। साथै, भारतसहित विश्वका विभिन्न मुलुकमा पनि अभियानलाई एकसाथ अघि बढाइने उहाँको भनाइ थियो।

क्षेत्रीय सञ्चालिका ब्रह्मकुमारी राजयोगिनी तपस्विनी रबिना दिदीले यस अभियानमार्फत नेपालका विभिन्न स्थानमा रहेका केन्द्रहरूमा मात्र करिब एक लाख युनिट रगत संकलन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

“रगतको अभावले ज्यान गुमाउन बाध्य बिरामीहरूको जीवन रक्षा नै यस अभियानको उद्देश्य हो,” ब्रह्मकुमार श्रवण भाईले बताउँदै नजिकैको ब्रह्माकुमारी केन्द्रमा पुगेर सहजै रक्तदान गरेर पुण्य कमाउन सबैलाई आग्रह गर्नुभयो।

Leave a review