बाराको पिलुवामा महायज्ञको आयोजना हुदै,भोली विहान ९ बजेदेखी कलश यात्रा निकालिने

सन्तोष पाण्डे
570 पाठक संख्या

कलैया : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवामा यही मंसिर २० गतेदेखी श्रीमद् तारतमसागर तथा श्रीमद् भागवत ज्ञान महायज्ञको आयोजना हुदै छ ।

कृष्ण प्रणामी मन्दिर संतसंग भवन पिलुवा बाराको गजुर निर्माण एवम् गुरुकुल संचालनका निमित्त उक्त महायज्ञ आयोजना हुन लागेको हो ।

महायज्ञ मुल समारोह समितिले आज बुधवार एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

मंसिर २६ गतेसम्म सात दिन संचालन हुने उक्त महायज्ञको पहिलो दिन भोली विहीवार विहान ९ बजेदेखी कलश यात्रा निकालिने समितिले जनाएको छ ।

महायज्ञको मुख कथा बाचक भागवतचार्य बाणी विषारद शास्त्री नविन कृष्ण ढुंगेल र कथाबाचक बाणि विषारद बुद्धि प्रकाश लुईटेल लगायतको रहनु भएको आयोजक समितिले जनाएको छ ।

मंसिर २६ गते पुर्णाहुति सो महायज्ञमा दैनिक कार्यक्रमहरु अन्तरगत विहान ७ बजे मण्डप पुजा,विहा ८ देखी १० बजेसम्म भागवत पाठ वाचन,११ बजेदेखी देखी ३ बजेसम्म भागवत कथा प्रवचन र बेलुसा ७ बजेदेखी १० बजेसम्म महात्मा कथा,भजनकिर्तन एव् विभिन्न झाँकीहरु देखाईने समितिले जनाएको छ ।

महयज्ञमा झण्डै १५ लाख भन्दा बढि खर्च गर्ने लक्ष्य राखेको आयोजक समितिले महायज्ञबाट प्राप्त आम्दानीले मन्दिरको भवन अधुरो गजुर निर्माण,कम्पाउण्ड वाल र गुरुकुलका लागि भवन निर्माण खर्च गरिने समितिले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

श्रीमद् तारतमसागर तथा श्रीमद् भागवत ज्ञान महायज्ञ मूल समारोह समितिका अध्यक्ष चेतनाथ खरेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा भागवतचार्य एमव् प्रमुख वाचक शास्त्री नविन कृष्ण ढुंगेल, जीतपुरसिमरा उपमहनगरपालिका वडा नम्बर १६ वडाअध्यक्ष हरीदेव खरेल लगायतकाले महायज्ञ आयोजनाको उदेश्य र तयारीबारे प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रमको संचालन आयोजक मुल समितिका सचिव विनोद कार्कीले गर्नु भएको थियो।

Leave a review

This will close in 0 seconds