प्रदेश सभा बैठकमै मुख्यमन्त्री जितेन्द्र सोनलद्वारा राजीनामा घोषणा

साझेदारी दैनिक
355 पाठक संख्या

कलैया : मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले पदबाट राजीनामा दिएका छन् ।

आज प्रदेश सभाको बैठकमा विश्वासको मत लिनका लागि उपस्थित भएका मुख्यमन्त्री सोनलले पर्याप्त मत प्राप्त नहुने देखिएपछि सभामै राजीनामाको घोषणा गरेका हुन् । उनले आजै प्रदेश प्रमुखको कार्यालयमा औपचारिक रुपमा राजीनामा पत्र बुझाउने बताएका छन् ।

अल्पमतमा परेपछि मुख्यमन्त्री पदबाट सतिशकुमार सिंहले राजीनामा दिएपछि पाँच दलको ५६ जना प्रदेशसभाको समर्थनमा सोनल गत कात्तिक २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Leave a review

This will close in 0 seconds