बारामा २५६९ औँ बुद्धजयन्ती मनाइयो

साझेदारी दैनिक
463 पाठक संख्या

कलैया । २५६९ औँ बुद्धजयन्ती पर्वका अवसरमा बारामा सोमबार विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

जिल्लाका विभिन्न स्थानहरुमा रहेका स्थित बौद्ध स्तूपा,विहार र गुम्बामा खासगरी तामांग समुदायहरुले पूजाआजासहित विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाईएको हुन ।

सोमबार विहानदेखी नै जिल्लाका डुमरवाना,सिमरा,रामनगर, लामिडाडा,नयावस्ती,निजगढ,कोल्हवी लागायतका बौद्ध स्तूपा,विहार र गुम्बाहरुमा बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको थियो । बुद्धजयन्तीका अवसरमा बुद्ध मन्दिरमा विशेष पूजाअर्चना गर्ने गरिन्छ ।

बुद्ध जयन्तीको शुभ अवसरमा बारा जीतपुरसिमरा उपमहानगरपािलका वडा नम्बर १७ रामनगरको तिनकुने चोकमा भगवान बुद्धको प्रतिमा बिधिवत रुपमा पुजापाठ गरि स्थापना गरियो । साथै यसै अवसरमा सो चोकलाई बुद्ध चोक नामाकरण समेत गरिएको छ ।

यता २५६९ औं बुद्ध जयन्तीको अवसरमा बाराको निजगढ नगर बौद्ध सम्पदा दर्शन र शान्ति यात्रा निकालिएको छ । भगवान बुद्धको जन्म,सम्बोधिलाभ तथा महापरिनिर्वाण भएको त्रिसंयोगपूर्ण पवित्र दिन वैशाख पूर्णिमा (बुद्ध सम्वत् २५६९) को पावन अवसरमा बुद्ध जयन्ती समारोह समिति र नेपाल तामाङ घेदुङ बारा र निजगढको आयोजनामा बौद्ध सम्पदा दर्शन र शान्ति यात्रा भएको हो ।

सो शान्ति यात्रा निजगढ बुद्धचोकदेखि शुरू सहिद चोक,भमरा पुल,टेलिकम चोक हुँदै पुनः बुद्धचोक पुगेर समापन भएको हो । करिब ५ किलोमिटरको यो सांस्कृतिक एवं आध्यात्मिक यात्रा बौद्ध दर्शन र शान्तिको सन्देश जन–जनमा फैलाउने उद्देश्यले आयोजना गरिएको छ ।

आजको अस्थिर समय,द्वन्द्व र मानसिक तनावले भरिएको युगमा बुद्धको शिक्षाले मानिसहरूलाई शान्ति,करुणा र विवेकको बाटो देखाउने गहिरो क्षमता राख्दछ । यस अभियानले बुद्धका शिक्षालाई व्यवहारमै अवलम्बन गर्ने र नयाँ पुस्तामा प्रवद्र्धन गर्ने अवसर पनि प्रदान गर्दै आएको छ ।

शान्ति यात्रा र सद्भाव पद र्‍यालीले यो यात्रा विगत केहि वर्षदेखि निरन्तर आयोजना गर्दै आएको छ । यस शृंखलाको आरम्भ २०८१ सालमा “इतिहासमै पहिलो पटक निजगढका रहेका सम्पुर्ण बोधीमार्गी र बैद्ध विहार गुम्बा लगायय्ले बौद्ध सम्पदा दर्शन यात्रा–२०७८१ बाट संयुक्त रुपा मनाउने शुरु गरेका थिए ।

बिहान ७ बजे शान्ति पाठ तथा बौद्ध झण्डा हस्ताणतरण मन्त्र वाचन पश्चात यात्रा शुरू भएको थियो । कार्यक्रममा मधेस प्रदेश सभा सदस्य मिना लामा,निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले कार्यक्रमको सम्बोधन गरेका थिए ।

त्यस्तै उपस्थितिमा उपप्रमुख सोममाया थिङ्,निजगढ नगरपालिकाका पुर्व प्रमुख सुरेशकुमार खनाल,बारा जिल्ला नेपाल तामाङ घेदुङ अध्यक्ष सुर्य घलान लगायत सहभागी रहेका थिए ।

Leave a review

This will close in 0 seconds