गढीमाई मेलामा बलीका लागि बारामा बोकाको बिक्री बढ्यो

साझेदारी दैनिक
305 पाठक संख्या

कलैया : राजेश कुशवाहा / बारामा बोकाको बिक्रीवितरण ह्वातै बढेको छ ।

बाराको बरियारपुरमा जारी विश्व प्रसिद्ध गढीमाई पञ्चबर्षीय मेलामा बलीका लागि बोकाको विक्री बढेको हो । जिल्लाको स्थानीय बजारमा बोका खरिद गर्ने मानिसहरुको भिड लागने गरेको हो ।

जिल्लाको कलैया कृषि बजार,कलैयाको भरत चोक,सिसहनिया चोक,बरियारपुर बजार,गञ्जभवानीपुर बजार,परवानीपुर बजार,मोतीसर,प्रसौनी बजार,फेटा बजार,मटिअर्वा,बेनौली,पिप्राढी, सिमरौनगढ कचोर्वा,पटेर्वा,भगवानपुर लगायतका स्थानमा बोका किन्नेहरुको भिड लागने गरेको छ ।

जिल्लामा प्रति किलो ६ रुपैयाको दरले बोकाको बिक्री भईरहेको छ । भने बोकाको आकार हेरी कनै पांच हजार रुपैया देखि लिएर १५ हजार रुपैया सम्म बोकाको बिक्री भईरहेको कलैया उपमहानगरपालिका वडा नम्बर १९ पचायनपुरका खशीबोका ब्यापारी मनिर मियाले बताए ।

बिगत एक सता देखि कलैया बजारमा बोका ल्याएर बिक्री गरी रहेको उनले बताए ।सोही टोलका अकलेश पटेल र सुरज पटेलले २० वटा बोका बिक्रीका लागि लिएर आएको बताए ।

भाकलपुरा भएका भग्तजनहरुले गढीमाई मन्दिरमा बोकाको बली दिईने गर्छ । गत मंसिर १ गते देखि शुरु भएको गढीमाई पञ्चबर्षिय मेलामा मंसिर २३ गते राँगा र मंसिर २४ गते बोकको बली र दिइने कार्यक्रम रहेको छ ।

Leave a review