कलैया । बाराको कलैयामा दुई मोटरसाइकल सोमबार आपसमा जुद्धा मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन्। घाइतेहरुको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ।
बाराको कलैया उपमहानगरपालिका ४ अदालत नजिक कलैयाबाट गंजभवानिपुरतर्फ जादै गरेको प्र.२–०३०१२८ प ९४५० नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जादै गरेको ना.५ प ६२९४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।
ना.५ प ६२९४ नं को मोटरसाइकलमा सवार व्यक्तिहरु घाइते भएको अस्थायी प्रहरी चौकी बसपार्कले जनाएको छ।
ना ५ प ६२९४ नंको मोटरसाइकल चालक पर्साको वीरगंज महानगरपालिका १८ बस्ने अं वर्ष४२ को जिउ हुसेनलाई केहि नभएको प्रहरीले जनाएको छ। सो दुर्घटनामा घाइते हुनेहरुमा ३५ वर्षीया सहारुन खातुन रहेकी छन्। उनको टाउको र दाहिने खुट्टामा चोट लागेको छ। अवस्था सामान्य छ।
सोहि मोटरसाइकल पछाडि सवार वर्ष ४ की सदमा खातुनको निधारमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको छ।
अंवर्ष ६ की नगमा खातुनको पेट र सरिरको भित्री भागमा चोट लागेको छ। अवस्था सामान्य रहेको छ। सहारुन जिउ हुसैनको श्रीमति हुन् तथा दूई जना सहारुन र जिउका छोरीहरु हुन्।
दुबै मोटरसाइकल अस्थायी प्रहरी पोष्ट बसपार्क बाराको नियन्त्रणमा रहेको छ। प्र.२–०३०१२८ प ९४५० नम्बरको मोटरसाइकल चालक जिल्ला बाराको कलैया उपमहानगरपालिका २६ बस्ने अन्दाजी बर्ष २५ को काशी प्रसाद यादव उपचारमा संलग्न रहेका छन्।

