ट्रकले मोटरसाइकललाई ठक्कर दिदा उदितनारायण झाको मृत्यु, एक जना गम्भीर,दुई जना प्रहरी नियन्त्रणमा

संदिप प्रसाद यादव
354 पाठक संख्या

कलैया । बारामा आइतबार एक ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर दुई निवासी अन्दाजी २५ देखि ३० वर्षीय उदितनारायण झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

सो दुर्घटनामा परी बारा जितपुर सीमरा उपमहानगरपालिका वडा नम्बर २ बस्ने अन्दाजी वर्ष १८ को उत्पल आचार्य गम्भीर घाइते भएका छन्। आचार्यको दाहिने खुट्टा र टाउकोमा चोट रहेको छ। उनको अवस्था गम्भीर रहेको छ।

प्रहरीले ट्रक चालक जिल्ला धादिङ गजुरी गाउँपालिका – ६ पोखरी खोला वस्ने ३६ वर्षीय सन्दिप भुजेललाई नियन्त्रणमा लिएको छ।

यस्तै सोही ठाउका सहचालक २१ वर्षीय सुशिल थापालाई समेत नियन्त्रणमा लिइएको प्रनाउ सापकोटाले जानकारी दिए।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ स्थित शुभलाभ ट्रेडर्सको अगाडी सो दुर्घटना भएको हो।

वीरगञ्ज पथलैया सडक खण्डमा पथलैयाबाट वीरगञ्ज तर्फ जादै गरेको ना ६ ख २८९५ नंम्बरको ट्रकले विपरित दिशाबाट आउदै गरेको ना ४० प ४१९५ नंम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।

न्युरो अस्पताल परवानिपुर बारामा उपचारको क्रममा झाको मृत्यु भएको हो।

Leave a review