अबैध लागू औषध अफिम जस्तो पदार्थ सहित एक जना पक्राउ

साझेदारी दैनिक
203 पाठक संख्या

बारा : प्रहरीले बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २१ अमलेखगंज चोक स्थित सडक खण्ड बाट बिहीबार बिहान अबैध लागु औषध अफिम जस्तो देखिने पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोटरसाईकल चालक मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर.६ गोगने वस्ने २५ बर्षिय भुवन सिंह थिङ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन।

उनको साथ बाट ५ किलो लागू औषध अफिम जस्तो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजका प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडाबाट वीरगंज तर्फ जादै गरेको बा ३६ प २७१४ नम्बरको १५० सि.सि.को पल्सर मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा उनलाई अबैध लागु औषध सहित पक्राउ गरेको हो।

मोटरसाईकलको सिट मुनी लुकाई छिपाई राखेको अवस्थामा उतm लागु औषध बरामद गरिएको हो । बरामद भएको लागु औषध सहित उनलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds